free website hit counter

आजदेखि टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुला

beemaadmin
२०८३ बैशाख २३, बुधबार

काठमाडौं — टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आजदेखि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको थियो।

कम्पनीले सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता साधारण सेयर निष्कासन गरेको हो। कम्पनीको जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका कुल ४२ लाख ३० हजार ६६८ कित्ता सेयर सार्वजनिक निष्कासनका लागि स्वीकृत गरिएको थियो।

Advertisement
Advertisement

यसअघि, कुल सेयरमध्ये १० प्रतिशत (१२ लाख कित्ता) आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीय बासिन्दाका लागि, १० प्रतिशत (३ लाख ३ हजार ६७ कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, र ५ प्रतिशत (१ लाख ५१ हजार ५३३ कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो।

Advertisement
Advertisement

सर्वसाधारणका लागि खुला गरिएको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयमार्फत दिन सकिनेछ। साथै, ‘मेरो सेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।

यो आईपीओमा छिटोमा वैशाख २८ गतेसम्म र ढिलोमा जेठ ६ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

सम्बन्धित समाचार