free website hit counter

आजबाट अग्रिम टिकट बुकिङ खुला

beemaadmin
२०७६ आश्विन ५, आईतवार

काठमाडौं । चाडपर्वको मुखमा भाडा वृद्धिको माग गर्दै सरकारसँग यातायात व्यवसायीले गरेको बार्गेनिङ तत्कालका लागि मत्थर भएको छ । व्यवसायीले भाडा वृद्धिको माग गर्दै अग्रिम टिकट बुकिङ नखोल्दा चाडपर्वमा घर फर्कने यात्रुलाई अन्योल सिर्जना भइरहेको बेला दसैं, तिहारमा राजधानीबाट बाहिरिने यात्रुका लागि सार्वजनिक यातायातको टिकट बुकिङ असोज ५ गतेदेखि खुलेको छ ।
गत भदै २६ गते यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र महासंघसँग भएको सहमतिअनुसार बुकिङ खुला गरिएको बताइएको छ । महासंघकाअनुसार काठमाडौंमा कोटेश्वर, चाबहिल, गौशाला, पुरानो बसपार्क, नयाँ बसपार्क, कलंकी र सुन्धारा गरी सात ठाउँका काउन्टरबाट टिकट बुक गर्न सकिनेछ । दसैं र तिहारमा प्रत्येक वर्ष करिब २५/३० लाख मानिस राजधानीबाट बाहिरीने गरेका छन् । यो वर्ष पनि लगातारको झरी उघ्रेसँगै धेरै मानिसले राजधानी छाड्ने योजना बनाइरहेका छन् ।
धेरै मानिस बाहिरीने भएपछि सरकारले प्रत्येक वर्ष अग्रिक टिकट खुलाउने गरेको छ । यस वर्षको टिकट बुकिङ सुरु गर्नुभन्दा अघिल्लो दिन सवारीसाधनको प्राविधिक पक्षको चेकजाँच गरिएको थियो ।

सम्बन्धित समाचार