free website hit counter

आज आइएमई लाइफ इन्स्योरेन्सको साधारणसभा

beemaadmin
२०७९ आश्विन २६, बुधबार

काठमाडौं । आज आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौ वार्षिक साधारणसभा हुँदैछ । कम्पनीले सभामा संस्थापक शेयरधनीहरुसँग सत प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव लैजाने भएको छ । नियमनकारी निकाय बीमा समितिबाट २०७९ चैत मसान्तभित्र कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम गर्नु पर्न निर्देशन भएको र सो निर्देशन बमोजिम संस्थापक शेयरधनीबाट हाल कायम रहेको चुक्ता पूँजीको शत प्रतिशत बराबरको शेयर पूँजी पुनः थप गर्ने र कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव सभामा पेश गर्नेछ । कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा कम्पनीले आवश्यकता अनुसार विभिन्न सहायक कम्पनीहरु स्थापना गर्ने उद्देश्य थप गर्ने प्रस्ताव लैजानेछ । संशोधित प्रवन्धपत्र तथा नियमावली अभिलेख थर्न निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने विशेष प्रस्ताव रहेको छ ।
संस्थापक समुहको शेयर जारी पछि कम्पनीले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने प्रस्तावलाई पनि सभाबाट पारित गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरसको रोकथाप तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोनकोषमा गरिएको योगदान रकम ७ लाख ५० हजार रुपैयाँलाई पनि सभाबाट अनुमोदन गर्नेछ । सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने सामान्य प्रस्ताव छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात नाफा नोक्सान हिसाव नगर प्रवाह विवरण र तत् सम्बन्धित अनुसूची तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरिको वित्तीय विवरण माथि छलफल गरी पारित गरिने भएको छ ।

सम्बन्धित समाचार