free website hit counter

आज इरान अमेरिकाबीच इस्लामावादमा हुँदै शान्ति वार्ता

beemaadmin
२०८२ चैत्र २८, शनिबार

काठमाडौं । आज पाकिस्तानको इस्लामावादमा इरान र अमेरिकाबीच ऐतिहासिक शान्तिवार्ता हुँदैछ । यसअघि १४ दिनको लागि युद्धविराम घोषणा गरेका इरान र अमेरिकाबीच आज वार्ता हुन लागेको हो । इरानका संसद्‌ सभामुख मोहम्मद बागेर गालिबाफले वार्ता अघि बढाउनुअघि दुई महत्वपूर्ण शर्त राखेका छन्—लेबननमा युद्धविराम लागू हुनु र इरानको रोकिएको सम्पत्ति फिर्ता हुनु । बीबीसीको रिपोर्टअनुसार गालिबाफले यी दुवै विषयमा पहिले नै सहमति भइसकेको भए पनि अझै व्यवहारमा लागू नभएको बताएका छन्। इरानी सञ्चारमाध्यमहरूले जनाएअनुसार गालिबाफको नेतृत्वमा इरानी प्रतिनिधिमण्डल वार्ताका लागि पाकिस्तानको इस्लामाबाद पुगिसकेको छ। त्यसैगरी, अमेरिकाका उपराष्ट्रपति भान्स पनि शुक्रबार साँझ पाकिस्तान प्रस्थान गरेका छन्। विमान चढ्नुअघि उनले वार्ताप्रति उत्साह व्यक्त गर्दै इरानले सकारात्मक मनसाय देखाएमा अमेरिका सहयोगका लागि तयार रहेको बताए। भान्सले यस वार्ताका लागि आफूलाई राष्ट्रपति डोनाल्ड ट्रम्पबाट निर्देशन प्राप्त भएको पनि उल्लेख गरे।

सम्बन्धित समाचार