free website hit counter

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

काठमाडौं । आज सुनचाँदीकै मूल्यमा व्यापक गिरावट आएको छ। सुनको भाउ आज तोलामा ११ हजार रुपैयाँ घटेको हो। मूल्य घटेर सुनको भाउ आज तोलाको तीन लाख १७ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको तीन लाख २८ हजार ६ सय रुपैयाँ थियो। गएको आइतबारदेखि मंगलबारसम्ममा १३ हजार सातसय रुपैयाँ बढेको सुनको भाउ आज एकै दिन ११ हजार रुपैयाँ घटेको हो। गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। आज चाँदीको मूल्य पनि तोलामा २७५ रुपैयाँ घटेको छ। हिजो पनि चाँदीको भाउ तोलामा २०५ रुपैयाँ घटेको थियो। चाँदीको भाउ आज ५ हजार ५४० रुपैयाँमा झरेको महासंघले जनाएको छ। गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार