free website hit counter

आज पनि घट्यो सुन, एकै दिन १२ सयले ओरालो

beemaadmin
२०७८ चैत्र २, बुधबार

काठमाडौं । सुनको भाउ एक लाख रुपैयाँ तल झरेको छ । चैत २ गते, बुधबार सुन तोलामा एक हजार २०० रुपैयाँले गिरावट भएको छ । यस अघि सुन फागुन २० गते, एक लाख रुपैयाँ तल कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा झरेको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।
मंगलबार सुन तोलामा एक हजार ८०० रुपैयाँले गिरावट भएको थियो । सो दिन सुन प्रतितोला एक लाख ५०० रुपैयाँमा किनबेच भएको थियो । सुन पछिल्लो तीन दिन यता निरन्तर ओरालो लागेको छ । बुधबार चाँदीको मूल्य पनि गिरावट भएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन पनि चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३८० रुपैयाँमा झरेको थियो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार