free website hit counter

आज पनि घट्यो सुन चाँदीको मूल्य

beemaadmin
२०८२ माघ २३, शुक्रबार

काठमाडौं । माघ २३ गते, शुक्रबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँ घटेको हो। महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ तोकेको छ।अघिल्लो दिन अथार्त बिहीबार, नेपाली बजारमा सुन प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्य पनि आज घटेको छ। आज चाँदी प्रतितोला २७० रुपैयाँले घटेर ४ हजार ७१० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ९८० रुपैयाँमा बिक्री भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतार–चढावका कारण स्थानीय बजारमा पनि त्यसको ठूलो असर देखिएको महासंघले जनाएको छ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार