free website hit counter

आज फेरि बढ्यो सुनचाँदीको भाउ

beemaadmin
२०८३ बैशाख २४, बिहीबार

बैशाख २४ गते बिहीबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा पुनः वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको भने चाँदीको मूल्य प्रतितोला १०० रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँ कायम रहेको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला ५ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार ५५ रुपैयाँ थियो।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार