free website hit counter

आज फेरि संक्रमण र मृत्यु दुवै बढ्यो, थप २१४ जनाको मृत्यु

beemaadmin
२०७८ जेष्ठ ३, सोमबार

काठमाडौं । कोरोना संक्रमण र मृत्युको ग्राफ उचाईमा पुगे तल झर्न थालेको हो कि भन्ने खुशी मिलेको बेला पछिल्लो २४ घण्टामा थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।
मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ भने आजमात्रै ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ भने निको हुने संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जनामा संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार