free website hit counter

आज साउन १५, खाऔं स्वादिष्ट खीर

beemaadmin
२०७७ श्रावण १५, बिहीबार

आज साउन १५ । आज धेरै नेपालीको घरमा खिर पाक्छ । स्वादिलो र स्वास्थ्यका हिसावले राम्रो मानिने खिर कसरी तयारपार्ने भन्ने विषयमा हामीले यहाँ प्रस्तुत गरेका छौं । सामान्य तरिकाले मीठो खिर घरमै बन्छ ।

आवश्यक सामग्री
चामल (बासमती वा ताइचिन) १ कप
दुध १.५ लिटर
चिनी २ ठूलो चम्चा (स्वादअनुसार)
काजुका टुक्रा २ चम्चा
नरिवलका टुक्रा २ चम्चा
छोकडा टुक्रा परिएको २ चम्चा
सुकुमेल ५/६ पिस
किसमिस ३०/४० पिस
ल्वाङ ४/५ पिस
तेजपात १/२ पात

खीर बनाउने यस्तो छ तरिका
सर्वप्रथम त चामललाई राम्रोसँग केलाएर पानीले राम्ररी पखाल्ने। बाक्लो डेक्सीमा मन्द आगोमा दूध बसाल्ने । दुधलाई राम्ररी उम्लिन दिने । धोएर राखिएको चामललाई उम्लिएको दुधमा हाल्ने। मन्द आगोमा दुध र चामललाई मजाले चलाई चलाई पाक्न दिने। यसरी दुधमा चामल छड्किन थालेपछि काजु, नरिवल, ल्वाङ, सुकुमेल, किसमिस, छोकडाको टुक्रा तथा तेजपात हाल्ने। अब चमल र सबै मसल गल्ने गरी सानो आगोमा १५÷२० मिनेट पकाउने। अब खिर तयार भयो । खिर जति चिसो भयो उति स्वादिलो हुन्छ । त्यसैले धेरै तातो खिर स्वादिलो लाग्दैन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार