free website hit counter

आठतले भवनबाट खसेर चिकित्सकको मृत्यु

beemaadmin
२०७७ भाद्र १९, शुक्रबार

नयाँदिल्ली । भारतको हरियाणास्थित मेदान्त अस्पतालमा कार्यरत ३९ वर्षीय नेपाली चिकित्सक सुजितकुमार साहको आफैं बसेको अपार्टमेन्टको आठौं तलाबाट खसेर मृत्यु भएको छ । विराटनगर निवासी डा. साह विगत चार वर्षदेखि मेदान्तमा लिभर ट्रान्सप्लान्ट युनिटमा कन्सल्ट्यान्टका रुपमा कार्यरत थिए । स्रोतका अनुसार डा. साह मंगलबार बिहान गुरुग्रामस्थित सेक्टर ४७ स्थित उनी बस्दै आएको अपार्टमेन्टको आठौं तल्लाको कौसीबाट खसेका थिए ।

गम्भीर घाइते उनलाई तत्कालै नजिकैको मेदान्त अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकले मृत घोषित गरेका थिए । पारिवारिक स्रोतका अनुसार प्र्रहरीले प्रारम्भिक छानबिनमा मृत्युको कारण आत्महत्या बताएको छ । यद्यपि शवको पोस्टर्माटम हुन बाँकी रहेकाले प्रहरीले मृत्युको कारण निर्क्यौल गर्न भने बाँकी छ । डा. सुजित अर्पाटमेन्टमा एक्लै बस्दै आएका थिए । उनको पश्चिम बंगालकी एक चिकित्सकसँग नै विवाह भएको थियो । उनीहरुबाट एक ६ वर्षीय छोरी छन् । डा. सुजित सोमबार साँझसम्म पनि मेदान्त अस्पतालमा ड्युटीमा थिए । र, सहकर्मीहरुका अनुसार त्यसदिन पनि उनी अन्य दिनजस्तै सामान्य अवस्थामा थिए । तर, मंगलबार एकाएक साहको मृत्युको खबरले उनीहरु सबैलाई स्तब्ध बनाएको छ । पारिवारिक स्रोतका अनुसार पछिल्लो समय साह र उनकी श्रीमतीबीच दम्पतीबीच राम्रो सम्बन्ध नभएको र श्रीमतीले छोडपत्रका लागि दबाब दिँदै आएकी थिइन् । त्यही दबाबले उनलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको आशंका साह परिवारले गरेको छ । मृतक साहको परिवारले पनि उनलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै छानबिनको माग गरेको छ ।
सुजितले पोखराको मणिपाल कलेजबाट एमबीबीएस गरेका थिए । पछि उनले भारतको चण्डीगढस्थित पीजीआईबाट मास्टर इन सर्जरी र पछि दिल्लीको एम्सबाट सर्जरीमा सुपर स्पेसलाइजेसन गरेका थिए । साहले छोटो समयमै लिभर ट्रान्सप्लान्टका लागि कुशल चिकित्सकको परिचय बनाएका थिए । उनलाई रोबोटिक लिभर ट्रान्सप्लान्टको विशेषज्ञका रुपमा चिनिन्थ्यो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार