free website hit counter

आपतका बेला मन्त्रीहरुसँगको परामर्श ‘सकरात्मक’

beemaadmin
२०७७ असार १७, बुधबार

काठमाडौं। पार्टी भित्रैबाट घेराबन्दीमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओली अहिले थाल खाउ न भात खाउको अवस्थामा छन् । यही बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रको विवाद र मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँग परामर्श गरेका छन्। बुधबार विहान आठ बजे आफू निकट स्थायी कमिटी सदस्य र केही मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटार बोलाएका थिए।
बैठकमा उपस्थित मन्त्री तथा स्थायी कमिटी सदस्यहरुले पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। प्रधानमन्त्री ओलीसँगको बैठकपछि सामाजिक सञ्जालमा युवा मन्त्री योगेश भट्टराइले प्रधानमन्त्री ओलीले यो पहिलो चरणको परामर्श भएको र अन्य नेताहरुसँग पनि परामर्श गयिरने बताएको उल्लेख गरेका छन्। बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले बैठकमा २१ जना सहभागी थिए । परामर्शमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल निकटका मन्त्री तथा स्थायी कमिटी सदस्यहरुलाई भने बोलाइएको थिएन्। नेकपाको जारी स्थायीक कमिटी अब केही समयपछि बालुवाटारमै बस्दै छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार