free website hit counter

आपतका बेला मुन्टो लुकाउने नीजि मेडिकल कलेजलाई अहिले चाहियो राहत

beemaadmin
२०७७ बैशाख ३०, मंगलवार

चितवन । पैसा झार्ने व्यापार मात्रै गर्दै आएका मेडिकल कलेजहरुले मुलुकलाई संकट परेका बेला आफ्नो हैसियत देखाए । मुलुक कोरोना कहरमा हरेका बेला प्राय सबै मेडिकल कलेजले ढोका बन्द गरेर बसे । तर अहिले आएर आर्थिक संकट पर्यो भन्दै राहतको माग गरेका छन् । कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण ठूला मेडिकल कलेज सन्चालकहरुले आर्थिक संकट परेको भन्दै राहतको माग गरेका हुन् । बिरामी नै आउन छाडेकाले आर्थिक संकटमा परेको भन्दै मेडिकल कलेज सञ्चालकहरुले सरकारसँग राहत माग गरेका छन् । संकटका बेला ढोका बन्द गर्ने सहज अवस्थामा सजिला र पैसा झार्ने काम मात्रै गर्ने त्यस्ता मेडिकल कलेज सञ्चालकहरुले कुन मुखले सरकारसँग राहतको अपेक्षा गरेका होलान् ? देशभर १८ वटा मेडिकल कलेज सञ्चालित रहेकोमा सहज अवस्थामा दैनिक १५ सय बिरामीले उपचार सेवा लिने गरेकोमा हाल दैनिक १५० देखि दुईसय मात्रै बिरामी आउने गरेको ती मेडिकल कलेजहरुले बताएका छन ।
एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष एवम् वीरगञ्ज मेडिकल कलेजका प्रवन्ध निर्देशक बसुरुद्धिन अन्सारीले मेडिकल कलेजको खर्च बढेको, आम्दानी घटेको बताउँदै भवन भब्य देखिए पनि तनाव र ऋणको कथा कसैले नदेखेको गुनासो गरेका छन् । एक मेडिकल कलेजमा करीब तीन सय करोड लगानी हुने गरेको दाबी सन्चालकहरुको छ । सामान्य अवस्थामा बिरामीको उपचारबाटै मेडिकल कलेजहरुले दैनिक ३० लाख हाराहारी कमाउने गरेका थिए । देशभरका मेडिकल कलेजमा करिब २७ हजार कर्मचारीहरु कार्यरत छन् । कोरोनाका कारण आर्थिक संटमा परेको भन्दै मेडिकल कलेज सञ्चालकहरुले सरकारसँग राहत माग गरेका छन् । आम्दानी करमा छुट, उपकरण औजार खरिदमा कर छुट दिएर राहत दिनुपर्ने माग उनीहरूको छ । उनीहरुले बार्र्षिक ४० करोड बराबरका उपकरणहरु ल्याउने गरेका छन् । बैंकको ब्याजमा केही महिनाको छुट गरेर सावाँ भुक्तानीको अवधि पछाडि धकेल्नुपर्ने माग कलेज सञ्चालकको छ ।

सम्बन्धित समाचार