काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सवको अवसर पारेर राजधानीको नक्सालमा नवनिर्मित केन्द्रीय कार्यालय भवनको आज समुद्घाटन गरेको छ । बैंकका संस्थापक अध्यक्ष चिरञ्जी लाल अग्रवाल र वर्तमान अध्यक्ष मनोज कुमार केडियाले संयुक्त रूपमा भवनको समुद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा सञ्चालक समितिका सदस्यहरु, बैंकका पूर्व सञ्चालकहरु, संस्थापक शेयरधनीहरु, बैंकको व्यवस्थापन एवं कर्मचारी तथा ग्राहकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यसैगरी बैंकले उक्त समुद्घाटन समारोहमा बैंकमा १५ वर्ष वा सोभन्दा बढी निरन्तर कार्यरत रही योगदान प्रदान गरेका सेवारत कर्मचारीहरुलाई पनि सम्मान गरेको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय आफैंले निर्माण गरेको भवनमा स्थानान्तरण गरी बैंकका ग्राहकहरूलाई अझै स्तरीय सेवा प्रदान गर्ने हेतुले केन्द्रीय कार्यालयको निर्माण गरेको जनाएको छ ।