free website hit counter

आरविवि मर्चेन्ट बैंकिङको १० औं वार्षिकोत्सव सम्पन्न

beemaadmin
२०८१ माघ १९, शनिबार

काठमाडौं । श्री राष्ट्रिय वाणिज्य बैंक लिको शत प्रतिशत लगानीमा स्थापित आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले १० औं वार्षित्कोसव सम्पन्न भएको छ । सञ्चालक समितीका अध्यक्ष सरस्वती अधिकारीको सभापतित्वमा वार्षिकोत्सव मनाइएको हो । उक्त अवसरमा प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, विशेष अतिथि राष्ट्रिय वाणिज्य बैंक लिका प्रमख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, सिडिएस एण्ड क्लियरिङ लिका प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाक लगायतको उपस्थिति रहेको थियो । कम्पनीको ९ वर्षमा भएका कार्य प्रगतिमा संस्थाको आर्थिक वर्ष २०७३–७४ मा ०.३५ रुपैयाँ ईपीएस रहेकोमा २०८०–८१ मा १९.०७ रुपैयाँ प्रति सेयर ईपीएस कायम भएको छ । साथै आव २०७३–७४ मा १००.७५ रुपैयाँ नेट वर्थ रहेको मा आव २०८०–८१ मा १२८.०५ रहेको छ । कुल आयमा आर्थिक वर्ष २०७३–७४ देखि आव २०८०–८१ मा आइपुग्दा २०१ प्रतिशतले वुद्धि भएको र खुद मुनाफामा ६६० प्रतिशतले वृद्धि गरी आ.व. २०८०–८१ मा १८ प्रतिशत नगद लाभांशसमेत गरी कुल ५३.६६ प्रतिशद नगद लाभांश राष्ट्रिय वाणिज्य बैंकलाई दिएको छ । यसरी समग्र रूपमा आर्थिक प्रगतिका सूचकांकहरूलाई हेर्दा कम्पनीको मुनाफामा उल्लेख्य वृद्धि भएको छ । सो अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिका शाखा कार्यालयहरूमध्ये उत्कृष्ट हितग्राही खाता खोल्ने १० वटा शाखा कार्यालयहरू, बानेश्वर, कीर्तिपुर, इटहरी, चरिकोट, ललितपुर, नक्साल, सल्लेरी, सुर्खेत, हेटौडा, बालाजु शाखाहरूका शाखा प्रमुखहरूलाई सम्मान गरियो । साथै संस्थाका २ जना उत्कृष्ट कर्मचारीहरुलाई सम्मान पत्रका साथै नगद पुरस्कारद्वारा सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार