काठमाडौँ । १२ वर्षअघि बम बनाउँदा विस्फोट भएर घाइते भएकालाई इटाभट्टामा हालेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं सांसद मोहम्द अफताब आलमलाई शुक्रबार रौतहट जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दियो । पुर्पक्षका लागि थुनामा पठाएलगत्तै आलमलाई रातारात काठमाडौँ ल्याइएको छ । आलम अहिले ललितपुरस्थित नख्खु कारागारमा छन् । आलमलाई जिल्लामा राख्न सुरक्षा जोखिम भएको भन्दै रौतहटको गौरबाट शनिबार विहान ४ बजे नख्खु कारागार ल्याइएको हो ।