free website hit counter

इटलीमा एकै दिन ३ सय ६८ को ज्यान गयो

beemaadmin
२०७६ चैत्र ३, सोमबार

एजेन्सी । विकासले निम्त्याएको विनाससँग जोडिएको कोरोना संक्रमणले अहिले कोरानाले आर्थिक र भौतिक हिसावले सम्पन्न मुलुकलाई समेत आक्रान्त पारिरहेको छ । चीनको बुहानबाट शुरु भएको कोरोनाको आतंक अहिले युरोपेली मुलुकमा भयानक रुपमा विस्तार भइरहेको छ । युरोपमा कोरोना (कोभिड–१९) बाट ज्यान गुमाउने र नयाँ सङ्क्रमण थपिने क्रम बढेको छ । इटालीमा गएको २४ घण्टामा थप ३ सय ६८ जनाको ज्यान गएको भने ३५ सय ९० जना नयाँ बिरामी थपिएका छन् । योसँगै इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९ पुगेको छ । २४ हजार ७ सय ४७ जनामा सङ्क्रमण भएको छ । २० हजार ६ सय ५ जना उपचार गराइरहेका छन् ।
स्पेनमा ज्यान गुमाउनेको संख्या २ सय ९२ पुगेको छ भने ७ हजार ८ सय ४३ जनामा सङ्क्रमण भएको छ । फ्रान्समा १ सय २७ जनाको ज्यान गएको र ५ हजार ४ सय २३ जना सङ्क्रमित भएका बीबीसीले जनाएको छ । वेलायतमा पनि ३५ जनाको ज्यान जानुको साथै १३ सय ९१ जना सङ्क्रमित भएका छन् ।
जर्मनी, फ्रान्स, स्विजरल्याण्ड, डेनमार्क, पोर्चुगल लगायतका देशमा पनि सङ्क्रमण बढिरहेको छ । युरोपका सबैजसो देशले कडा प्रतिबन्ध सुरु गरेका छन् । मानिसलाई काममा जान, खाना र औषधि किन्न बाहेक हिँडडुल रोकिएको छ । विश्व स्वास्थ्य संगठनले पनि चीनबाट शुरु भएको कोरोना माहामारीको केन्द्र अब युरोप भएको बताएको छ ।
१ सय ५७ देशमा फैलिसकेको कोरोना भाइरसबाट अहिलेसम्म झण्डै १ लाख ७० हजार मानिस सङ्क्रमित भएका छन् भने ७६ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । ६ हजार ५ सय जनाको ज्यान गैसकेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार