काठमाण्डौ । लामो अन्तरालपछि फेरि आइपीओको लहर शुरु हुन थालेको छ । इमर्जिङ नेपाल लिमिटेडले सर्वसाधारणका लागि यही माघ २६ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गर्नेछ।
कम्पनीले कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ११ हजार ११२ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ५ लाख १६ हजार ७०८ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। यो आईपीओमा न्यूनतम १० र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ।
यो आईपीओमा निष्कासन बन्द छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गते बैंकिङ समयपछि हुनेछ। आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। इमर्जिङ नेपालको यो आईपीओलाई धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासन अनुमति दिएको थियो।