free website hit counter

इ–सेवाबाट रकम पठाउँदा शुल्क नलाग्ने

beemaadmin
२०७६ चैत्र ८, शनिबार

काठमाडौं । डिजिटल कारोवारलाई प्रोत्साहन गर्ने सरकारी नीतिअनुसार इ–सेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेपछि नयाँ योजना ल्याइएको इ–सेवाले जनाएको छ । सो व्यवस्था बिहीबार रातिदेखि आगामी वैशाख १६ गतेसम्म लागि लागू हुने भएको छ । यस्तै, बैंकमा रकम ट्रान्सफर गर्दा पनि शुल्क नलाग्ने भएको छ । इ–सेवामार्फत इ–सेवा खातामै पैसा पठाउँदा गर्दा यसअघि नै निःशुल्क सेवा रहेकामा अब बैंक ट्रान्सफर पनि निःशुल्क बनाइएको हो । इ–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले भने, अहिलेको अवस्थामा बैंकहरुसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निःशुल्क बनाएका छौँ ।
यसले ग्राहकलाई थप सहज हुने र सेवा सर्वसुलभ हुने अपेक्षा गरेका छौँ । इ–सेवाले ग्राहकका लागि अन्य सहुलियतका कार्यक्रम ल्याउने जनाएको छ । इ–सेवामार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजारभन्दा बढी सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ । इ–सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इ–सेवामा सहजै रकम जम्मा गर्न तथा बैंक खातामा रकम पठाउन सकिन्छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार