free website hit counter

उत्कृष्ट एजेन्सीहरुलाई एसियन लाइफको सम्मान

beemaadmin
२०७९ भाद्र २५, शनिबार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका बागमति प्रदेशमा कार्यरत २५० जना उत्कृष्ट एजेन्सीहरु सम्मानित भएका छन् । कम्पनीले यही भदौं २३ र २४ गते काठमाडौंको होटल क्राउन इम्पेरियलमा आयोजित कार्यक्रममा बागमती प्रदेशमा रहेको एक दर्जन शाखाहरुमा कार्यरत एजेन्सीहरु सम्मान तथा पुरस्कार वितरण गरिएको हो । सम्मानित मध्ये छ जनाले पुरस्कार समेत प्राप्त गरेका छन् । कम्पनीले तोकिएको लक्ष्य पुर्याउने सबै एजेन्सीलाई काठमाडौंमा बोलाएर तालिम सहित सम्मान गरेको जनाएको छ । बागमती प्रदेश स्तरीय बिजनेश एक्सिलेन्स अवार्डममा टिम तर्फबाट नयाँ बानेश्वर शाखाबाट कमल घोडासैैनी प्रथम भएका छन्। त्यस्तै ललितपुरको जावलाखेल शाखाबाट सन्तलाल राई द्धितिय भएका छन् भने मकवानपुरको हेटौडा शाखाबाट राजुु साह तेस्रो भई पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

Advertisement
Advertisement

कम्पनीले व्यक्तिगत कोडमा सबैभन्दा बढि व्यवसाय गर्नेहरुमा नयाँ बानेश्वरकै कमल घोडासैनी नै प्रथम भएका छन् । दुई दिनसम्म चलेको कार्यक्रममा एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपक श्रेष्ठ, सिईओ दिनेशलाल श्रेष्ठ तथा डेपुटी सिईओ होम बहादुर श्रेष्ठसहितकाक उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सिईओ तथा डेपुटी सिईओ श्रेष्ठद्वयले एजेन्सीहरुलाई चालु आर्थिक वर्षमा बजारमा उपस्थिति बलियो बनाउने तथा आम जनताको घर घरमा बीमाको पहुँच पुर्याउन निर्देशन दिएका थिए । कार्यक्रममा बागमती प्रदेशका १२ शाखाका प्रबन्धकहरुको उपस्थिति रहेको थियो भने प्रशिक्षक लेखनाथ पौडेलले मोटिभेशन तालिम दिएका थिए ।

Advertisement
Advertisement

सम्बन्धित समाचार