free website hit counter

उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा माछापुच्छ्रे बैंकलाई कास्य पुरस्कार

beemaadmin
२०८३ असार १८, बिहीबार

काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान गरिने ‘नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड’ अन्तर्गत कास्य पुरस्कार प्राप्त गरेको छ।

बैंकले आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, संस्थागत सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यास प्रदर्शन गरेबापत उक्त सम्मान प्राप्त गरेको हो।

काठमाडौंमा आयोजित एक समारोहमा बैंकका नायव महाप्रबन्धक सुभाष जमरकट्टेलले पुरस्कार ग्रहण गरेका हुन्।

बैंकले यस सम्मानले संस्थागत सुशासन, वित्तीय अनुशासन, पारदर्शिता तथा अन्तर्राष्ट्रिय स्तरका वित्तीय प्रतिवेदन मापदण्डको पालनाप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

माछापुच्छ्रे बैंकले आधुनिक प्रविधिमा आधारित सुरक्षित, सहज र ग्राहकमैत्री बैंकिङ सेवा विस्तार गर्दै देशभर आफ्नो सेवा सञ्जालमार्फत वित्तीय समावेशीकरण तथा दिगो आर्थिक विकासमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।

सम्बन्धित समाचार