free website hit counter

उत्साह जगाउन परदेशमा घरदेश

beemaadmin
२०७६ कार्तिक १९, मंगलवार

काठमाडौं । विदेशमा रहेका नेपालीलाई दशैं, तिहार, नेपाल सम्वत् र छठको शुभकामना आदान प्रदान गर्ने र सांगितिक माहौल बनाउन ईमल इभेन्ट्सले ओमनमा नेपाली राजदुतावास ओमनको सहकार्यमा “परदेशमा घरदेश” कार्यक्रम आयोजना गरेको छ । चर्चित गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यको सांगितिक प्रस्तुतिको साथै युवा मोटिभेटर बिष्णु दाहालले बिदेशमा आत्महत्या, डिप्रेशन र कुलतबाट बच्न अपनाउन सकिने सकरात्मक उपायको बारेमा चर्चा गर्नुभएको थियो । विदेशी भूमिमा रहनुहुने श्रमिकहरूमा सकारात्मक सोचको विकास गर्न, उनीहरूलाई मानसिक तथा सामाजिकरूपमा एक्लो हुन नदिन तथा सम्भावित भवितव्य, आत्महत्या र कुलतहरूबाट बच्न सहयोग पुर्याउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

गत कात्तिक १ मा ओमानको मस्कटमा रहेको लुलु कम्पनीमा सम्पन कार्यक्रममा सांगितिक प्रस्तुतिका साथै नेपाली राजदुतावासको द्वितीय सचिव सोमेश थापाले शुभकामना ज्ञापन र श्रम सहचारी कृष्णकुमारी गौलीले श्रम कानुन र ओमानको बारेमा प्रकास पार्नु भएको थियो ।

दोस्रो दिन नेपाली राजदुतावासमा भएको कार्यक्रममा सत्यराज आचार्य र स्वरुपराज आचार्यले एकल र संयुक्त गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा चर्चित अरबिक गायक हैतम रफीको पनि बिशेष उपस्थिति रहेको थियो । हैतम रफिले गत असोज ३ गते नेपाली राजदुतावास ओमनले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा भजन शिरोमणि भक्तराज आचार्यको स्वरमा रहेको “जहाँ छन बुद्धका आँखा” बोलको गीत गाएका थिए । भजन शिरोमणि भक्तराज आचार्यका सुपुत्रद्वयको र हैतम रफी एकै मन्चमा भएको संयोगको उपयोग गर्दै तीन जनाले नै सोही गीतमा बिशेष प्रस्तुति दिएका थिए । दुई ठाउँमा भएको कार्यक्रममा नेपाली श्रमिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाली राजदुतावास ओमनको राजदुत महामहिम शर्मिला पराजुली ढकालले चाडको बेलामा परदेशमा घरदेश कार्यक्रमले आफु नेपाली घरमै रहेको जस्तै अनुभव भएको बताउनु भयो ।  आयोजक संस्था ईमल ईभेन्ट्सका अध्यक्ष र “परदेशमा घरदेश” कार्यक्रमका योजनाकार निर्मल ढकालले आफुहरुले यो कार्यक्रम नाम जस्तै परदेशमा घर जोड्न चाहेको र यो संसारभर जहाँ–जहाँ नेपालीहरु छन त्यहाँ–त्यहाँ फरकरुपमा गरिने बताएका छन् । यसको सुरुवाति अंक ओमनबाट गरेको र अब चाँडै नै अर्को श्रृङ्खला सुरु हुने थप जानकारी गराएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार