free website hit counter

उद्दार कार्य रोकेर केको रमिता ?

beemaadmin
२०७७ असार ३, बुधबार

यूएई । नागरिकको चिन्ता भन्दा पनि कमिशनको चिन्तामा फसेपछि कुन विमान कम्पनीलाई उडान अनुमति दिन भन्ने जस्ता विवादमा यस्तो बेला सरकार पुग्नु लाजमर्दो कुरा हो । यूएईमा समस्यामा परेका नेपालीको उद्धारका लागि मंगलबार र बिहीबार हुने भनिएको चार्टर्ड उडान रद्द भएको छ। नेपाली दूतावास आबुधाबीले सोमबार सूचना जारी गर्दै असार २ र ४ गतेको उडान स्थगित भएको जानकारी दिएको हो । असार २ र ४ गते नेपाल एयरलाइन्समार्फत यूएईमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी भएको थियो । दूतावासले जारी गरेको सूचनामा प्राविधिक कारणले उडान स्थगन भएको उल्लेख छ । उडान रद्द गरिएकोबारे सूचना आइतबारै दूतावासको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको थियो । तर उक्त सूचना तत्काल हटाएर सोमबार फेरि दूतावासले अर्को सूचना जारी गर्दै उडान स्थगन भएको जनायो । अर्को उडान कहिले हुन्छ भन्नेबारेमा केही खुलाइएको छैन । नयाँ उडान तालिका प्राप्त भएपछि जानकारी गराउने दूतावासले जनाएको छ । तोकिएको मितिमा उडान नहुने भएपछि घर फर्कने आशमा बसेका नेपालीहरू थप अन्यौलमा परेका छन् । उनीहरू स्वदेश फर्काइदिन माग गर्दै दूतावासको ढोकामा गुहार माग्न थालेका छन् । सोमबार दूतावासमा आफ्ना समस्या राख्न पुगेका केही नेपालीले आफूहरुलाई खान–बस्न समस्या हुन थालेकाले छिटो स्वदेश फर्काइदिन आग्रह गरेका छन् । आफूहरू श्रम गर्न आएकाले उद्धारका लागि सरकारले जिम्मेवारी लिनुपर्ने उनीहरूको भनाइ थियो । दूतावासको कोठाभित्रैबाट दूतावासका कर्मचारीले घर फर्कने पालो आएपछि फोन गर्ने भन्दै उनीहरूलाई सम्झाउँदै थिए । आफूहरू पालो कुर्न तयार रहेको तर खान–बस्न नै समस्या रहेकाले त्यसको व्यवस्था गरिदिन आग्रह गरे ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार