काठमाडौं । संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा कार्यरत उद्योगी तथा व्यवसायीलाई राष्ट्रिय सम्मान प्रदान गरिएको छ । राज्यलाई योगदान पुर्याएबापत सरकारले उद्योगी व्यवसायीलाई विभिन्न पदकबाट सम्मान गरेको हो ।
सरकारले संविधान दिवसको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई सुकीर्तिमय राष्ट्रदीप, आईएमई ग्रुपका अध्यक्ष तथा महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उद्योगी अशोककुमार अग्रवाललाई कीर्तिमय राष्ट्रदीपबाट सम्मान प्रदान गरेको हो । यसैगरी बैंकर तथा एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेलाई प्रबल जनसेवा श्रीबाट सम्मानित गरिएको छ भने सेञ्चुरी बैंकका प्रमुख बजार अधिकृत रञ्जन खड्का, एभरेष्ट बैंकका नायव प्रबन्धक रामराजा उप्रेतीलाई पनि सरकारले सम्मान गरेको थियो ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान विकास लघुबित बितिय सस्थाका अध्यक्ष सहकारि अभियान्ता खेमबहादुर पाठक प्रबल जनसेवाबाट सम्मानित भएका छन् ।