free website hit counter

उन्नति सहकार्य लघुवित्तको नाफामा सुधार

beemaadmin
२०८१ माघ १६, बुधबार

काठमाडौं । उन्नति सहकार्य लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ लाख ८९ हजार रुपैयाँले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २४ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लघुवित्तको ब्याज आम्दानीसँगै इम्पेरिमेन्ट चार्ज घट्दा नाफा भएको हो । समीक्षा अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ११ करोड ७२ लाख रुपैयाँ छ । लघुवित्तले २ करोड ९८ लाख रुपैयाँ इम्पेरिमेन्ट र्चाजमा व्यवस्था गरेको छ । साथै सञ्चान मुनाफा ९१ लाख रुपैयाँ रहेको छ । यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ३७ पैसा कायम छ । लघुवित्तको मूल्य आम्दानी अनुपात २९०.०६ गुणा छ । लघुवित्तको खराव कर्जा अनुपात ८.८३ प्रतिशत रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार