free website hit counter

उमेर अनुसारको जोखिम र सप्लिमेन्ट

beemaadmin
२०७७ जेष्ठ १०, शनिबार

नेपालमा कोरोना संक्रमणको संख्या दिनानुदिन बढिरहेको छ | भारतबाट नेपाल आउनेको संख्या अत्यन्तै ठूलो छ | यो ठूलो संख्याको कारण उनीहरुलाई परीक्षण समेत नगरि, क्वारेन्टाइनमा नराखि आफ्नो थातथलोमा पठाउने काम सुरु भएको छ | यसले गर्दा संक्रमण बढ्ने क्रम जारी रहनेछ | यो अवस्थामा जेष्ठ नागरिक तथा दीर्घऔषधिसेवी घरभित्र समेत आइसोलेसनमा बस्नु जरुरी छ |
.
कोरोना भाइरसको खोप तथा ठोस औषधि पत्ता नलागेको अवस्थामा जति सकिन्छ सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, भिडभाडमा नजाने तथा साबुनपानीले हात धोइरहने लगायतका सुरक्षाबिधि अपनाउनु आबश्यक छ | १-२ बर्ष हाम्रो जीवनशैली यसै गरेर अघिं बढ्नेछ |
.
अमेरिका तथा हल्याण्डमा भएको उमेर अनुसारको मृत्युदर, अस्पताल बस्नुपर्ने प्रतिशत तथा आइसीयुमा बस्नुपर्ने प्रतिशत यस्तो छ |
.
उमेर मृत्युदर अस्पताल बस्नुपर्ने आइसीयु
0-29 – 0.003% – 0.2% 0.02%
20-39 – 0.008% -0.29% -0.06%
40-49 – 0.017%- 0.69% -0.18%
50-54 – 0.058% -1.28% -0.39%
55-59 – 0.145% -1.98%- 0.69%
60-64 – 0.290%- 2.70%- 0.99%
65-69 – 0.757%- 3.52% -1.37%
70-74 – 1.668%- 5.30%- 1.82%
75-79 – 4.433% -8.14% -1.70%
80-85 – 7.836%- 9.11%- 0.50%
.

यदि तपाईं ५० बर्षभन्दा माथि हुनुहुन्छ भने बिशेष सतर्कता अपनाउनु जरुरी हुन्छ | यो उमेरभन्दा बढीका व्यक्तिमा मधुमेह, उच्च रक्तचाप, मुटुको रोग, किड्नीको समस्या, फोक्सोको समस्या,उच्च कोलेस्टेरोल, मोटोपना, भिटामिन डी को कमी, धुम्रपान, मेटाबोलिक सिन्ड्रोम लगायतको समस्या छ भने औषधिले रोग नियन्त्रणमा राख्ने, आबश्यक सप्लिमेन्ट खाने तथा चिकित्सकको निगरानीमा रहनु जरुरी छ |
.
इम्युनिटी पावर बढाउनको लागि तथा जोखिमबाट बच्नको लागि यी सप्लिमेन्ट आजदेखि नियमित सेवन गर्नुहोला |
– Vitamin D3 60K हप्ताको १ क्याप्सुल / गोली
– Vitamin C दिनको एक ट्याब्लेट खानापछि दैनिक चुस्ने
– Zinc DT 20mg दिनको १ गोली खानापछि खाने
– गुर्जो, अश्वगन्धा, तुलसी, बेसार, अदुवा, मरिच मिसाएर बनाएको चिया दिनको २ पटक खाने |
यी सप्लिमेन्ट सस्तो मुल्यमा औषधि पसलहरुमा उपलब्ध छन् | यी सप्लिमेन्ट संसारभर प्रयोग भइरहेका छन् | यी सप्लिमेन्ट सेवन गर्दा शरीरलाई बेफाइदा गर्दैन | निकै फाइदा हुन्छ |
@ डा. रवीन्द्र पाण्डे

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार