free website hit counter

एकीकृत कारोबारको मीति बीमा समितिलाई बुझाइयो

beemaadmin
२०७९ भाद्र १३, सोमबार

काठमाडौं । चुक्ता पुँजी वृद्धिको निर्णयले बीमा कम्पनीहरुलाई मर्जरमा जानुको विकल्प रहेन । पुँवी वृद्धिका अन्य विकल्पहरु खुल्ला नभएपछि मर्जरको बाटोमा बीमा कम्पनीहरु गए र जानेक्रम जारी नै छ । मर्जरमा जाने सम्झौता गरेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले एकिकृत कारोबार गर्ने मिति तोकेका छन् । मर्जरमा जाने सम्झौता गरेका १७ कम्पनीहरुले बीमा समितिलाई एकिकृत कारोबार गर्ने मिति बुझाएका हुन् । मर्जर सम्झौता गरेका हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले भने साउन १ गतेदेखि नै एकिकृत कारोबार गर्दै आइरहेका छन् । मर्जर पश्चात हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार हुँदै आइरहेको छ । मर्जर सम्झौता गरेका सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स, प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफ, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले कात्तिक महिनाभित्रमा एकिकृत कारोबार गर्ने जनाएका छन् । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनी, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले भने पुस महिनादेखि मात्रै एकिकृत कारोबार थाल्ने समितिले जनाएको छ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले भने चैतमा मात्रै एकिकृत कारोबार थाल्नेछन् ।
प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले भने एकिकृत करोबार थाल्ने मिति तोक्न सकेका छैनन् । बीमा समितिले गत चैत १० गते पूँजी बढाउन निर्देशन दिएको थियो । समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनहिरुले ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूको साढे २ अर्ब रूपैयाँ न्यूनतम चुक्ता पूँजी पुर्याउनु पर्नेछ । बीमा समितिले हकप्रद विनै एक वर्षभित्र चुक्ता पूँजी पुर्याउन निर्देशन दिएपछि बीमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेका छन् ।

सम्बन्धित समाचार