free website hit counter

एकैदिन ७ सय ४८ अभिकर्तालाई बीमा तालिम

beemaadmin
२०७९ श्रावण २२, आईतवार

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौँ वर्ष पूरा गरेको उपलक्ष्यमा शनिबार मुलुकभर ७४८ जना नयाँ अभिकर्ताहरुलाई बीमा तालिम प्रदान गरेको छ। कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले एकैदिन ५०० जना अभिकर्तालाई बीमा तालिम दिने लक्ष्य राखिएकोमा ७४८ जनालाई तालिम प्रदान गर्न सफल भएको जानकारी दिए। आइएमई लाइफ इन्स्योरेन्सका काठमाण्डौ उपत्यकाभित्रका बानेश्वर, महाराजगन्ज र गोंगबु, गट्ठाघरलगायतका शाखाका कार्यालयमा अभिकर्ताहरुलाई तालिम दिइएको थियो।
त्यस्तै उपत्यका बाहिर बिर्तामोड, बिराटनगर, इटहरी, धरान, मिर्चैया, वीरगन्ज, लहान, नुवाकोट, पोखरा, गुल्मी, दमौली, लेखनाथ, सोतीपसल, बुटवल, परासी, मुर्गिया, खजुरा, राप्ती सोनारी, भैरहवा, नेपालगन्ज, बाँसगढी, गुलरिया, लम्की, भुरीगाँउ, टीकापुर, अत्तरिया, लम्की, झलारी, पुनर्बास, महेन्द्रनगरलगायतका स्थानहरुमा तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा व्यवसायका लागि समयसापेक्ष दक्ष जनशक्ति तयार पार्ने क्रममा कम्पनीद्वारा बीमा अभिकर्ता आधारभूत तालिम प्रदान गरिएको बताए। पाँचौँ वर्ष पूरा गरेका अवसरमा कम्पनीले शनिबार सातवटै प्रदेशमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो। कार्यक्रममा ५७१ जनाले रक्तदान गरेका थिए।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार