काठमाडौँ । नेपाली बजारमा सुनक मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको छ। सुनको मूल्य प्रति तोला १ हजार ७०० रुपैयाँले घटेर १ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावपाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो। आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो।