free website hit counter

एकै दिन थपियो सानिका तीन शाखा

beemaadmin
२०७८ माघ १८, मंगलवार

काठमाण्डौ। शाखा सञ्जाल विस्तारमा लागेको सानिमा बैंक लिमिटेडले माघ १७ गते एकैदिन कावासोती, बर्दिबास र अत्तरियामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।
कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको उद्घाटन कावासोती नगरपालिकाकी मेयर चन्द्रकुमारी पुनले गरिन्। यसैगरी बर्दिबास–१ महोत्तरीस्थित बर्दिबास शाखाको उद्घाटन बर्दिबास नगरपालिकाका मेयर विदूरकुमार कार्कीले र गोदावरी नगरपालिका–१ अत्तरियास्थित अत्तरिया शाखा गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउद र उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले संयुक्त रुपमा गरेका छन्।
उद्घाटन् समारोहमा मेयर पुन, कार्की र साउद र अध्यक्ष देवकोटाले सानिमा बैंकलाई आफ्नो क्षेत्रमा बैंक शाखा पुगेको र कोभिड–१९को जोखिम न्यूनीकरण गर्न सुरक्षा सावधानीका उपायहरु अपनाएर व्यवस्थित गरेकोमा कृतज्ञता व्यक्त गरे। बैंकले पनि यी शाखाहरु सञ्चालनमा आएसँगै सो क्षेत्रका बासिन्दालाई गुणस्तरीय बैंकिङ सेवामा सहज पहुँच हुने विश्वास लिएको छ। सानिमा बैंकको देशका सातै प्रदेशमा १२२ कार्यालय र १०२ वटा एटीएम सञ्चालनमा रहेका छन्।

सम्बन्धित समाचार