free website hit counter

एकै पटक भेटिए चीनमा १०८ संक्रमित

beemaadmin
२०७७ बैशाख १, सोमबार

एजेन्सी । कोरोना संक्रमणसँगको युद्धपछि तङ्ग्रिएको छिकेकी मित्रराष्ट्र चीनमा एकैदिन १०८ नयाँ संक्रमित भेटिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । यो पछिल्लो एक महिनामा एकैदिन सय बढी संक्रमित देखिएको पहिलो पटक हो । संक्रमितमध्ये ९८ जनाले विदेशबाट नै संक्रमण बोकेर ल्याएको बताइएको छ ।

यद्यपि, तीमध्ये १० जना स्थानीय रुपमै संक्रमित भएका थिए जसमध्ये सातजना हेलोङझियाङ प्रान्तका छन् भने तीनजना गुवाङदोन प्रान्तका छन् । कोरोनाभाइरसको केन्द्रबिन्दु भएपछि चीनमा पछिल्लो एक महिनामा चकत्कारिक रुपमा संक्रमित र मृतकको संख्या कम भएको छ । यहाँका विभिन्न स्थानमा लागू गरिएका लकडाउन पनि खोलिएको छ ।

विदेशबाट आयातित संक्रमणका कारण यहाँ दोस्रो लहरको संक्रमण हुने हो कि भनेर अधिकारी चिन्तित छन् । चीनमा हालसम्म ८२ हजार १ सय ६० जना संक्रमित छन् भने ३ हजार ३ सय ४१ को मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार