free website hit counter

एघार महिनापछि आयोगले पूर्णता पाउँदै

beemaadmin
२०७६ माघ ४, शनिबार

काठमाडौं । शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट र वेपत्ता छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीको नाम सिफारिस भएको छ ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले कानूननमन्त्री भानुभक्त ढकाललाई भट्ट र सुवेदीको नाम सिफारिस गरेको हो । यसअघि सो पदका लागि काँग्रेस नेता कृष्ण सिटौला, वरिष्ठ कानुन व्यवसायी रमण श्रेष्ठको नाम पनि चर्चामा आएको थियो । तर दुवैजनाले सो पदमा बस्न रुचि देखाएका थिएनन् । दुवै निकायमा गत चैत २७ गतेदेखि पदाधिकारीविहीन अवस्थामा रहेकोमा ११ महिनापछि दुवै निकायले नेतृत्व पाउन लागेका हुन् ।
सत्य निरुपण आयोगको सदस्यहरुमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र अर्का एकको नाम सिफारिस भएको छ । यस्तै वेपत्ता छानविन आयोगको सदस्यहरुमा विष्णु भण्डारी, सुनिल रञ्जन सिंह, गांगा अधिकारी र सरिता थापा मगरको नाम सिफारिस भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा बालुवाटारमा बसेको बैठकले दुवै आयोगको नेतृत्व टुंग्याउने सहमति बमोजिम सरकारलाई उक्त सिफारिश गर्न लागिएको हो । शनिबार बालुवाटारमा भएको छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा संसदीय दलका उपनेता सुभाष नेम्वाङ, काँग्रेस केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल, रमेश लेखक एवं कानुन विज्ञ एवं नेकपा नेता खिमलाल देवकोटाको सहभागिता थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार