free website hit counter

एटिएम काण्डमा तीन नेपाली पनि समातिए

beemaadmin
२०७६ भाद्र १७, मंगलवार

काठमाडौं । प्रविधिको प्रयोगले बजारमा जति सहजता सिर्जना गरेको छ त्यतिकै रुपमा बेला बेलामा जोखिम पनि व्यहोर्नु परेको छ । बैंकहरुको सिस्टम ह्याक गरी बेला बेला विदेशी नागरिकहरुले पैसा उम्काउने गरेको घटना नौलो होइन । यसपटक ठूलो गिरोह नेपाल प्रहरीको कब्जामा परेको छ । यो प्रकरणमा थप तीन जना नेपाली पनि पक्राउ परेका छन् ।
नेपाल प्रहरीले एटिएमको प्रणाली ह्याक गरेर पैसा चोरी गर्ने प्रकरणमा थप तीन जना नेपाली पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार ठमेल क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले ठमेलमा रहेको डेस्सो र नेपालय मनि चेन्जरका देवनाथ लामिछाने, रोसन श्रेष्ठ र रेवती दवाडीलाई नियन्त्रणमा लिएको बताएको छ ।
शनिवार फरार भएका व्यक्तिहरुले मनिचेन्जरबाट २९ लाख ९९ हजार रुपैयाँ डलरमा साटेको देखिए पछि अनुसन्धानको लागि उनीहरुलाई नियन्त्रणमा लिइएको महानगर प्रहरी परिसरले बताएको छ ।
प्रहरीले शनिबार एटीएमबाट रकम निकाल्ने ५ जनालाई पक्राउ गरेको थियो भने थप एक जनालाई विमानस्थलबाट पक्राउ गरेको छ । प्रहरीको टोलीले आइतबार राति सु लु सिङ नाम गरेका चिनियाँ मुलका फेन्च नागरिकलाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र ९ हजार अमेरिकी डलर बरामद गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार