free website hit counter

एनआईसीले गर्यो लुम्बिनी ग्रुपसँग रेमिट्यान्स सम्झौता

beemaadmin
२०७६ फाल्गुन २९, बिहीबार

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार समेत सुरु भएको छ । उक्त सम्झौता पश्चात अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूले लिगल रेमिटबाट रकम पठाएर यस बैंकको एन आई सी एशिया रेमिटमार्फत तुरुन्त रकम भुक्तानी लिन सक्नेछन् । साथै, विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामा समेत पठाउन सकिनेछ ।
लिगल रेमिटमार्फत अष्ट्रेलियामा रहेका नेपालीहरूले पठाएको विप्रेषण रकम नेपालमा रहेकाहरूका आफन्तहरू वा अन्य व्यक्तिहरूले यस बैंकको मुलुकभर छरिएर रहेका ३१९ वटा शाखाहरू, १०७ वटा एक्स्टेन्सन काउण्टर, ५८ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्नेछन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार