free website hit counter

एनआईसी एशियाका ग्राहकलाई मोबाइल किन्दा पनि छूट

beemaadmin
२०७६ माघ १५, बुधबार

काठमाडौं । सपिङ मल, होटल, रेष्टुराँ तथा अस्पतालहरुमा आफ्ना ग्राहकलाई विशेष छूट दिँदै आएको नेपालको अग्रणी बैंक एनआईसी एशियाले आफ्ना ग्राहकलाई सामसङ ग्यालेक्सी मोबाइल खरिदमा विशेष छुट दिने भएको छ । सामसङले ग्राहकको आवश्यकता तथा सन्तुष्टीलाई प्राथमिकतामा राखेर एनआईसी एशिया बैंकसँग सहकार्य गरेको हो । सामसङ  ग्यालेक्सी एस१०÷एस१०प्लस र सामसङ ग्यालेक्सी नोट१०/नोट१० प्लसमा विशेष छुटको अफर ल्याएको हो । सामसङ ग्यालेक्सी एस१०/एस१०प्लस तथा ग्यालेक्सी नोट१०/नोट१० प्लसमा  एनआईसी एशियाको डेविट कार्ड/क्रेडिट कार्ड–क्यूआरबाट खरिद गर्दा १५ प्रतिशत वा अधिकतम तीन हजारसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यो अफर एनआईसी एशिया बैंकका कार्ड मेसिन भएका सामसङका सम्पूर्ण आउटलेटहरुमा यही फेब्रुअरी २८ सम्म उपलब्ध हुने बताइएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार