काठमाडौं । आफ्नो दोस्रो कार्यकाल सकिने समय नजिककिँदै गर्दा एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले राजीनामा दिएका छन् । न्यौपानेको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृत गरी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोस राठीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ । न्यौपानेले दिएको राजीनामा बिहीबार बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको छ । पारिवारिक कारण देखाउँदै उनले बैंकको सीईओबाट राजीनामा दिएका हुन् । न्यौपाने बैंकमा पहिलो कार्यकलको ४ वर्ष पुरा गरी दोस्रो कार्याकालका लागि पुनः नियुक्त भएका थिए। दोस्रो कार्यकाल सकिन धेरै समय भने बाँकी थिएन । न्यौपाने पहिलोपटक २०७५ मंसिरमा बैंकको सीईओमा नियुक्त भएका थिए । ४ वर्षे कार्यकाल सफलतापूर्वक निर्वाह गरेपछि बैंक सञ्चालक समितिले न्यौपानेलाई दोस्रोपटक २०७९ कात्तिकमा बैंकको सीईओमा नियुक्त गरेको थियो ।