free website hit counter

एनआईसी एशिया र सगरमाथा इन्स्योरेन्सबीच सम्झौता

beemaadmin
२०७६ भाद्र ७, शनिबार

काठमाडौं । देशैभर शाखा सञ्जाल विस्तार गरेको एनआईसी एशिया बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले बिमा प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताबमोजिम सगरमाथा इन्स्योरेन्सका ग्राहकहरुले एनआईसी एशियाको मोबाइल बैकिङ्गलगायत एनसीएचएल–कनेक्ट आईपीएस र फोन पेएप प्रयोग गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन् । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सगरमाथा इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका थिए ।

सम्झौतासँगै ग्राहकहरुले छिटो छरितो रुपमा आफूलाई पायक पर्ने स्थानबाटै डिजिटल माध्यमबाट इन्स्योरेन्सको प्रिमियम रकम विश्वसनीय र पारदर्शी रुपमा भुक्तानी गर्न सक्नेछन् भन्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित समाचार

सेफ सन्तोष साह पक्राउ काण्ड के हो?

beemaadmin
२०८३ जेष्ठ ३०, शनिबार

तोलामै पाँच हजारले बढ्यो सुन

beemaadmin
२०८३ जेष्ठ २९, शुक्रबार