free website hit counter

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

beemaadmin
२०७६ कार्तिक १, शुक्रबार

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै विजयी भएका छन् । बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो । बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो ।
आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा २ हजार ३४० मत खसेको थियो ।
उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् । भने महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भए । सचिवमा गौरी जोशी, आरके शर्मा विजयी भएका छन् ।
यस्तै, सह–कोषाध्यक्षमा लोक दाहाल र भुमा लिम्बु विजयी भएका छन् । निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका थिए ।

नवनिर्वाचित अध्यक्ष पन्त जर्मनीको आर्थिक राजधानी फ्रैंकफर्टलाई आधार बनाएर होटल तथा रेष्टुरा व्यवसाय सञ्चालन गर्छन्। एनआरएनका पूर्व उपाध्यक्ष जीवा लामिछाने, शेष घले लगायतसँग साझेदारीमा व्यवसाय गरिरहेका उनको समूहको युरोपमा १२८ होटलहरु छन्।
पन्तले गैर आवासीय नेपाली संघमा रहेर सामूहिक लगानीका परियोजनालाई जोड दिदैं आएका छन्। डायस्पोरा समुदायलाई मुलुकको विकासमा अझै कसरी लगाउने र नेपालसँग नेपालीलाई कसरी जोडिराख्ने भन्ने नै हाम्रो अभियानमा पन्त रहेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार