free website hit counter

एनआरएन बचत खातामा यस्ता छन् सुविधा

beemaadmin
२०७६ पुष २४, बिहीबार

काठमाडौं । सूचना प्रविधि र ग्राहकको सेवा विस्तारमा अग्रणी मानिएको एभरेष्ट बैंक सामाजिक उत्तरदायित्वका कार्यक्रममा पनि अग्रणी स्थानमै रहेको छ । एभरेष्ट बैंकमा खाता खोल्ने एनआरएनएलाई विशेष सुविधा दिने भएको छ । एनआरएनएसँग एमओयूमा हस्ताक्षर गर्दै सो सुविधा दिने भएको हो । एभरेष्ट बैंकको प्रधान कार्यालय लाजिम्पाटमा भएको एक समारोहबीच एनआरएनएका प्रमुख कार्यकारी निर्देशक डा. हेमन्तकुमार दवाडी, एभरेष्ट बैंकका प्रमुख कार्यकारी निर्देशक गजेन्द्रकुमार नेगी र एभरेष्ट बैंक तथा एनआरएनएका अन्य उच्च अधिकारीहरुको उपस्थितीमा एमओयूमा हस्ताक्षर भएको हो ।

ईबीएलले एनआरएन बचत खातामा निशुल्क एटिएम, इन्टरनेट÷मोबाइल बैकिंग, ई–स्टेटमेन्ट, एबीबीएस, लकर र क्रेडिट कार्डमा ५० प्रतिशत छुट र विभिन्न कर्जा सुविधाको प्रोसेसिङ शुल्कमा विशेष छुटका साथ उच्च प्रतिफल प्रदान गर्नेछ । एभरेष्ट बैंकको १० लाख बढि ग्राहक रहेका छन् । एभरेष्ट बैंकले हाल आफ्ना ९५ शाखाहरु, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर र १२२ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार