free website hit counter

एनएमबि बैंकले सातै प्रदेश लक्षित ‘प्रदेश बचत खाता’

beemaadmin
२०८३ श्रावण ६, बुधबार

काठमाडौं । एनएमबि बैंक लिमिटेडले देशका सातै प्रदेशका ग्राहकको स्थानीय पहिचान र वित्तीय आवश्यकता लक्षित गर्दै ‘प्रदेश बचत खाता’ योजना सार्वजनिक गरेको छ।

बैंकले प्रत्येक प्रदेशका लागि छुट्टाछुट्टै बचत खाता सञ्चालनमा ल्याएको हो। योजनाअन्तर्गत कोशी प्रदेशका लागि कोशी बचत खाता, मधेसका लागि मिथिला बचत खाता, बागमतीका लागि बागमती बचत खाता, गण्डकीका लागि फेवा बचत खाता, लुम्बिनीका लागि बुद्धभूमि बचत खाता, कर्णालीका लागि रारा बचत खाता र सुदूरपश्चिमका लागि खप्तड बचत खाता सञ्चालनमा आएका छन्।

Advertisement
Advertisement

ग्राहकलाई डिजिटल बैंकिङ र बचत संस्कृतितर्फ आकर्षित गर्ने उद्देश्यले बैंकले यस योजनामा पहिलो वर्षका लागि विभिन्न निःशुल्क सुविधा उपलब्ध गराएको जनाएको छ। यसअन्तर्गत मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा डेबिट कार्ड, डिम्याट खाता तथा मेरोसेयर दर्ता सेवा पहिलो वर्ष निःशुल्क उपलब्ध हुनेछ। साथै अन्य थप सुविधाहरू पनि समावेश गरिएको बैंकले जनाएको छ।

Advertisement
Advertisement

बैंकका अनुसार नयाँ योजनाले देशभर आधुनिक, सहज र डिजिटल बैंकिङ सेवा विस्तार गर्ने रणनीतिलाई थप बल पुर्‍याउने विश्वास लिइएको छ।

हाल एनएमबि बैंकले देशभर १९८ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

सम्बन्धित समाचार