free website hit counter

एनएलआइसीको सेवा प्रविधि मैत्री हुने

beemaadmin
२०७६ भाद्र २६, बिहीबार

अर्थबीमा समाचारदाता

नेपालको जीवन बीमा बजारको लगभग ३२ प्रतिशतभन्दा बढी बजारहिस्सा ओगटेको दावी गर्दै आएको तथा सबैभन्दा बढी चुक्ता पुँजी भएको जीबनबिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले आगामी दिनमा आफ्नो सेवा प्रविधि मैत्री बनाउने प्रण गरेको छ ।

सो जीबन बिमा कम्पनीको हालै पोखरामा सम्पन्न ब्रान्च म्यानेजर्स कन्फरेन्समा सो सस्थाका प्रमुख कार्यकारी अधिकृत विवेक झाले सस्थाको कारोबार बृध्दि तथा सेवाको गुणस्तर सुधारका लागि सेवालाई प्रविधि मैत्री बनाउँदै लाने प्रण गर्नुभएको हो । मुलुकमा बिमा क्षेत्रको विस्तारमा अझै धेरै गर्न बाँकी रहेकोले देशभर जीबन बिमाको सहज पहुँच पु¥याउने कार्यलाई पनि नेपाल लाइफ इन्स्योरेन्सले प्राथमिकतामा राख्दै अघि बढने बताइएको छ ।

पोखरामा एनएलआइसीले आयोजना गरेको तीन दिने कन्फरेन्समा उत्कृष्ट कार्यसम्पादन गर्नेलाई नगदसहित पुरस्कृत गरेको छ जसमा एजेन्टतर्फ ५० र एजेन्सी म्यानेजरतर्फ ५० जना पुरस्कृति हुनुभएको थियो । जीवन बीमा कोष ६७ अर्ब पु¥याएको एनएलआइसीले हालको चुक्ता पुँजी पाँच अर्ब ४९ करोड रुपियाँबाट बृध्दि गर्दै लाने लक्ष्य लिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार