free website hit counter

एनएलआइसीले बढायो खुद बीमा शुल्क आर्जन

beemaadmin
२०७६ कार्तिक २८, बिहीबार

अर्थबीमा समाचारदाता

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो चुक्ता पुँजी भएको नेपाल लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै खुद नाफा २० करोड ४४ लाख गरेको देखाएको छ ।
गत वर्ष सोही अवधिमा एनएलआइसीले कमाएको २० करोड ४१ लाखको तुलनामा कम्पनीको नाफामा झिनो सुधार देखिएको हो ।
एनएलआईसीको चुक्ता पुँजी वृद्धि भएको तुलनाममा कम्पनीको नाफामा सामान्य सुधार देखिएको छ जसको कारण प्रतिशेयर आम्दानीमा भने गिरावट देखिएको छ ।
कम्पनीको जगेडा कोषमा २ अर्ब ६४ करोड रहेको छ जसमा २८ प्रतिशतले कमी आएको छ । त्यसैगरी कम्पनीको जीवन बीमा कोषमा भने ३३ प्रतिशतले वृद्धि सहित ७२ अर्ब ३३ करोड पु¥याएको छ ।
नेपालमा नयाँ जीवन बीमा कम्पनीहरुको आगमन भए तापनि पुरानो र ख्यातीप्राप्त कम्पनी भएका कारण खुद बीमा शुल्क आर्जन भने बढेको छ । कम्पनीको खुद बीमा शुल्क आर्जन ४४ प्रतिशतले वढेर सात अर्ब ८१ करोड पुगेको छ । खुद बीमा दावी भुक्तानीमा भने ३६ प्रतिशतले कमी आउँदै एक अर्ब ६७ करोड भएको छ भने त्यसैगरी भुक्तानी हुन् बाँकी दावी एक अर्ब ३० करोड रहेको जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार