free website hit counter

एनसीसीले दिने भयो १५ प्रतिशत बोनस शेयर

beemaadmin
२०७६ भाद्र २५, बुधबार

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले भदौ २३ गते आर्थिक बर्ष २०७३÷७४ र २०७४÷७५ को २०औं र २१औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त सभामा प्रस्ताव गरिएको १५.८९ प्रतिशत बोनस शेयर दिने तथा सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको बैंकले जनाएको छ । साथै सभाबाट पारित १५.८९ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्ता पूँजी ८ अर्व १३ करोड ३८ लाख ४० हजार ८ सय २२ पुग्नेछ ।
बैंकको ७ वटै प्रदेशमा गरी जम्मा १२० शाखा र ८६ एटीएम सञ्चालनमा छन् । बैंकले आर्थिक वर्ष २०७५÷७६ मा ७३ अर्ब ३५ करोड निक्षेप परिचालन तथा ६४ अर्ब ८१ करोड कर्जा प्रवाह गरी खुद नाफा१ अर्ब ५१ करोड आर्जन गरेको जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार