free website hit counter

एभरेष्ट इन्स्योरन्सको नाफा झण्डै साढे ७ करोड

beemaadmin
२०७७ माघ २७, मंगलवार

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एभरेष्ट इन्स्योरन्सले ७ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १ करोड ७३ लाख रुपैयाँले बढी हुन आउँछ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
इन्स्योरेन्सको यस अवधिमा खुद बीमाशुल्क भने घटेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ३ करोड ६० लाख रुपैयाँले घटेर १९ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २३ करोड ८७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। कोरोना महामारीका कारण कम्पनीको बीमाशुल्क आर्जनमा वृद्धि हुन नसकेको कम्पनीले जनाएको छ।
यस अवधिमा कम्पनीले पुनर्बीमा कमिशन बापत ५ करोड २६ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट २ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ। चुक्ता पूँजी १ अर्ब ९ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३१ करोड १७ लाख रुपैयाँ र बीमा कोषमा ३६ करोड ३८ लाख रुपैयाँ सञ्चित छ।
कम्पनीले यस अवधिमा २ हजार २७७ वटा दाबी बापत ४० करोड ७८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार ९४१ वटा दाबी बापत ९४ करोड ४८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षा सुरु

beemaadmin
२०८३ बैशाख १४, सोमबार

नेपाल बैंकले कमायाे २ अर्ब ७९ करोड नाफा

beemaadmin
२०८३ बैशाख १४, सोमबार

एभरेस्ट बैंकको नाफा ३ अर्ब ३२ करोड

beemaadmin
२०८३ बैशाख १४, सोमबार