free website hit counter

एभरेष्ट कलरकाे आईपीओ बिक्री खुल्याे

beemaadmin
२०८३ बैशाख १६, बुधबार

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले बैशाख १६ गते देखि प्राथमिक शेयर आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरिएको हो। कम्पनीले कुल ३० करोड रुपैयाँ जारी पूँजीमध्ये २६.३३ प्रतिशत बराबरको ७ करोड ९० लाख रुपैयाँको ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत, अर्थात् ७९ हजार कित्ता शेयर, श्रम स्वीकृति लिएर विदेशमा काम गरिरहेका नेपालीहरूका लागि छुट्याइएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले बैशाख २२ गतेसम्म आवेदन दिन पाउनेछन्। यदि सो अवधिमा सबै शेयरमा आवेदन नपरेमा अवधि बैशाख ३० गतेसम्म थप गरिनेछ। यस आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आवेदन दिनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू, साथै ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा प्रयोग गर्न सकिन्छ। कम्पनीको रेटिङ्ग केयर रेटिङ्गस् नेपालले “केयरएनपी डबल बी” दिएको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

सम्बन्धित समाचार