तनहुँ । बीमा व्यवसायले आम मानिसको विश्वास जित्दै मात्रै गएको छैन दाबी भुक्तानी प्रक्रिया सहज र सरल बन्दै गएको छ । बीमा गरेर के गर्नु भुक्तानी लिनै महाभारत छ भन्ने अवस्था बीमा व्यवसायमा देखिन छाडेको छ । लाईफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड दमौली शाखाले बीमा दाबी बापतको करिब छ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ । बन्दिपुर गाउँपालिका–०२ बन्दिपुरका बीमित स्व विकाश बिश्वकर्माको परिवारलाई एक कार्यक्रमको आयोजना गरी शुक्रबार सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो । मृतक विकासले तीन बर्ष अघि पाँच लाख रुपैयाँ बीमाङ्कको जीवन साथी जीवन बीमा गरेका थिए । विकासको निधन पछि कम्पनिले ५ लाख ८९ हजार रूपिया दाबी भुक्तानी गरेको हो । उक्त रकम दमौली शाखाका शाखा प्रबन्धक सुदीप ज्ञवाली, एजेन्सी म्यानेजर बिन्दु कुमार श्रेष्ठ र अभिकर्ता रूपा विकले सयुक्त रुपमा स्व। विकासकी धर्मपत्नी सीता बिश्वकर्मालाई हस्तान्तरण गरेका हुन् । बिकाश बिश्वकर्मा को २०७८ वैशाख १९ गते बिरामी भइ उपचारको क्रममा निधन भएको थियो । उक्त कार्यक्रममा शाखा प्रबन्धक सुदीप ज्ञवाली एबम् एजेन्सी म्यानेजर बिन्दु कुमार श्रेष्ठ ले जीवन बीमाको महत्वको बारेमा प्रकाश पारेका थिए । बीमा दावी भुक्तानी पाएपछि सिताले सो रकमको सदुपयोग गरिने बताईन् ।