free website hit counter

एलओडी क्लव गएकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा कोइराला पक्राउ

beemaadmin
२०८० असार २१, बिहीबार

काठमाडौं । काठमाडौंको ठमेल पुगेकी एक किशोरीलाई ललितपुर पुर्याएर बलात्कार गरेको आरोप एक पुरुष पक्राउ परेका छन् । दुई साता अघि ठमेलस्थित एलओडी क्लब पुगेकी १५ वर्षीया किशोरीलाई ललितपुरका ५० वर्षीय पुरुषले बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । स्थायी घर पोखरा भएका तर ललितपुर बस्दै आएका सुदनबहादुर कोइराला बलात्कार अभियोगमा पक्राउ परेको ललितपुर प्रहरीका प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए । उनका अनुसार उदयपुर स्थायी घर भई कोटेश्वर बस्दै आएकी १५ वर्षीया बालिकालाई एलओडी क्लबबाट ललितपुरको बागडोल पुर्याएर बलात्कार गरिएको थियो । कोइरालाले जेठको अन्तिम साता एलओडी क्लबबाट आफ्नै गाडीमा राखेर बागडोल पुर्याएर बलात्कार गरेका थिए । बागडोलमा कोइरालाको अफिस थियो । सोही कार्यालयमा लगेर उनले बालिकालाई बलात्कार गरेको उजुरी परेपछि उनलाई पक्राउ गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार