free website hit counter

एशियन लाइफको एशियन ‘सुरक्षा प्लस जीवन बीमा योजना’मा के छ त्यस्तो खास

beemaadmin
२०७७ माघ ३०, शुक्रबार

काठमाडौं। नयाँ नयाँ बीमा योजना ल्याएर ग्राहकको मन जित्न सफल जीवन बीमा कम्पनी एशियन लाइफ इन्स्योरेन्स कम्पनीले थोरै बीमा शुल्कमा ठूलो जोखिम बहन हुने ‘मेरो सुरक्षा कवच’ भन्ने नाराका साथ नयाँ जीवन बीमा योजना ‘एशियन सुरक्षा प्लस जीवन बीमा” योजना बजारमा ल्याएको छ। बिहीबार एक कार्यक्रमको आयोजना गरी सो बीमा योजना सार्वजनिक गरिएको हो।

सार्वजनिक यस बीमा योजनाअन्तर्गत १६ वर्षदेखि ६४ वर्ष उमेरसम्मको व्यक्तिले न्यूनतम २५ हजार रुपैयाँदेखि अधिकतम आफ्नो आय श्रोतको आधारमा बीमाङ्क रकम चयन गर्न सक्नेछन्।

Advertisement
Advertisement

न्यूनतम १ वर्षदेखि अधिकतम १५ वर्षसम्मको लागि जारी हुने यस बीमा योजनाअन्तर्गत बीमाशुल्क भुक्तानीको लागि एकल, नियमित र सीमित भुक्तानीमध्ये कुनै एउटा विकल्प रोज्न सकिनेछ। यसले गर्दा बीमाशुल्क भुक्तानीमा बीमितलाई सहजता हुने कम्पनीले जनाएको छ ।

Advertisement
Advertisement

यस योजना अन्तर्गत बीमा अवधिभित्र बीमितको निधन भएमा बीमांक रकम भुक्तानी दिइनेछ भने बीमा अवधिभित्र बीमित जीवितै रहेको अवस्थामा कुनै पनि रकम प्रदान नगरिने कम्पनीले जनाएको छ। यस योजना अन्तर्गत बीमितले दाहसंस्कार खर्च, दुर्घटना मूल्य लाभ, दुर्घटना मूल्य लाभ ,स्थायी अपाङ्गता वा अशक्तको हकमा बीमा शुल्क छुटको सुविधा प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीले सार्वजनिक गरेको यो नयाँ बीमा पोलिसी देशभर रहेका ४० वटा शाखा कार्यालयहरुबाट ५,३०१ वटा म्यादी बीमालेखहरु बिक्री भएको कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार