free website hit counter

एशियन लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

beemaadmin
२०८२ माघ २३, शुक्रबार

काठमाडौं । जीवन बीमा बजारको अग्रणी संस्था एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २६ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ११.४० प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी ७.७२ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सको कुल आम्दानी ७.३४ प्रतिशत बढेको छ भने कुल खर्च ८.४० प्रतिशत बढेको छ। नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ४ रुपैयाँ १८ पैसा घटेर १० रुपैयाँ ५४ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी घट्न पुगेको हो। पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४४.९४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ७३ पैसा रहेको छ। ५ अर्ब ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियम १० करोड ९९ लाख रुपैयाँ, महाविपत्ती कोषमा ३१ करोड ३८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ९१ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा ९ करोड ४० लाख रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार