काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्दा १०० प्रतिशतसम्म ब्याज छुट सुविधा दिने भएको छ।
कम्पनीले आज सूचना जारी गर्दै २०८३ वैशाख मसान्तसम्म बीमाशुल्क भुक्तानी मिति नाघेर ६ महिना भन्दा बढी समय व्यतित भएका (पूर्ण व्यतित) बीमालेखहरू पुनर्जागरण गर्दा यो सुविधा लागू हुने जनाएको हो।
कम्पनीका अनुसार २०८१ जेठ २० गतेदेखि हालसम्म व्यतित भएका (२ वर्षसम्म व्यतित) बीमालेख पुनर्जागरण गर्दा १०० प्रतिशत ब्याज छुट दिइनेछ। त्यसैगरी २०७८ जेठ २० देखि व्यतित भएका (५ वर्षसम्म व्यतित) बीमालेखमा ५० प्रतिशत र २०७८ जेठ २० भन्दा अगाडि व्यतित भएका (५ वर्षभन्दा बढी) बीमालेखमा २५ प्रतिशत ब्याज छुट सुविधा उपलब्ध हुनेछ।
यो सुविधा आज जेठ २० गतेदेखि असार १९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ। साथै, दुई वर्षभन्दा कम अवधि बाँकी रहेका बीमालेखमा कुनै छुट नदिइने र एकपटक छुट लिइसकेका बीमितलाई पुनः सुविधा उपलब्ध नगराइने पनि स्पष्ट पारिएको छ।